The detail of this page

नेपाली (尼泊爾語)

आर्किटेक्चरल सेवा विभाग (ArchSD) को वेबसाइटको नेपाली संस्करणमा निश्चित उपयोगी जानकारी मात्र समावेश छन्। तपाईं हाम्रो वेबसाइटको पूर्ण सामग्री अङ्ग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भाषामा हेर्न सक्नुहुन्छ।
स्वागत अभिवादन
आर्किटेक्चरल सेवा विभागले सरकारको स्वामित्वमा रहेको र सरकारी अनुदान प्राप्त सुविधास्थलहरूका सम्बन्धमा निम्न तीन वटा मुख्य कार्यहरू गर्दछ:
  • निगरानी र सल्लाहकार सेवाहरू
  • सुविधास्थाल मर्मत
  • सुविधास्थल विकास

सार्वजनिक सुविधास्थलहरूको विकास र मर्मत सम्भार गर्दा हाम्रा उद्योगका साझेदारहरू, प्रयोगकर्ता विभागहरू र सबै सरोकारवालाहरूसँग निर्माण स्थलको सुरक्षा बढाउन र सार्वजनिक सुविधाहरूको गुणस्तरमा सुधार गर्नका लागि नजिकबाट काम गर्नमा विभाग प्रतिबद्ध छ। हामी एकेडेमिया, स्टार्ट-अपहरू, स्थानीय र मुख्यभूमि संस्था र कम्पनीहरूलगायत विभिन्न सरोकारवालाहरूसँगको सहकार्यलाई महत्त्व दिन्छौँ, डिजाइन, निर्माण र सञ्चालनका चरणहरूमा नवीनतम निर्माण प्रविधिका विकासहरू र तिनीहरूका प्रयोगहरू सक्रिय रूपमा अन्वेषण गर्दछौँ। हामी हङकङका लागि दिगो, थप लचिलो र मानव-केन्द्रित जीविकाको वातावरण सिर्जना गर्न नवीन निर्माणका प्रविधिहरू, समावेशी र वातावरणमैत्री भवनका डिजाइनहरू अपनाउनमा प्रतिबद्ध छौँ। निर्माण उद्योगका सरोकारवालाहरूसँग मिलेर हरेक विकासको अवसरको फाइदा उठाउँदै हामी सहकार्य र अनुभवको साझेदारीमार्फत सार्वजनिक आनन्दका लागि राम्रो जीविकाको वातावरण निर्माण गर्ने प्रयास गर्छौँ। निगरानी र सल्लाहकार सेवाहरूमा हामी सरकारी र अर्ध-सरकारी संस्थाहरूलाई अनुदान र जिम्मा दिइएका परियोजनाहरूका लागि सहजीकरण गर्न र व्यावसायिक र प्राविधिक सल्लाह प्रदान गर्न जारी राख्ने छौँ।
मुख्य व्यवसाय
आर्किटेक्चरल सेवा विभागको मुख्य व्यवसाय निम्नानुसार छ:

निगरानी र सल्लाहकार सेवाहरू
हाम्रो उद्देश्य सरकारी र अर्ध-सरकारी संस्थाहरूलाई प्रभावकारी व्यावसायिक र प्राविधिक सल्लाह प्रदान गर्ने र अनुदान र जिम्मा दिइएका परियोजनाहरूको निरीक्षण र सहजीकरण गर्नु हो। विभागले व्यावसायिक र प्राविधिक सल्लाह प्रदान गर्दछ। यसमा निम्न कुरा समावेश हुन्छन्:
  1. निर्माण, इन्जिनियरिङ र ल्यान्डस्केप सेवाहरूका साथै योजना र विकाससम्बन्धी मुद्दाहरूमा सल्लाह दिने;
  2. भवन निर्माणको लागत, अभ्यास र मापदण्डका साथै सरकारी जग्गामा सरकारी भवन निर्माणका लागि वैधानिक अनुपालनसम्बन्धी विषयमा सरकारलाई सल्लाह दिने;
  3. निर्मित सम्पदा संरक्षणसम्बन्धी मामिलामा सल्लाह दिने; र
  4. हरित भवन डिजाइनसम्बन्धी मामिलामा सरकारलाई सल्लाह दिने।

विभागको सबभेन्टेड प्रोजेक्ट डिभिजनले सरकारको अनुदान र जिम्मा पाएका परियोजनाहरूले सरकारी आवश्यकताहरू पालना गर्दछन् भन्ने कुरा सहजीकरण र सुनिश्चित गर्नका लागि जिम्मेवार छ। कार्यमा निम्न कुराहरू समावेश हुन्छन्:
  1. बजेट, डिजाइन, टेन्डर कागजात, टेन्डर सिफारिस र अन्तिम खाताहरू जाँच गर्ने; र
  2. डिजाइनका मापदण्ड र टेन्डरका आवश्यकताहरूको अनुपालनमा सहजीकरन गर्ने।
उपरोक्त काम सबभेन्सन र जिम्माका सम्बन्धित सिद्धान्तहरूका अनुसार गरिन्छ।

सुविधास्थाल मर्मत
हाम्रो उद्देश्य भवन र सुविधास्थलहरूको मर्मत र नवीकरणका लागि दक्ष र किफायती पेशाकर्मी र परियोजना व्यवस्थापनका सेवाहरू प्रदान गर्नु हो। विभागको सम्पत्ति सेवा शाखा सुविधास्थलहरू मर्मत गर्नका लागि जिम्मेवार छ। कार्यमा निम्न कुराहरू समावेश हुन्छन्:
  1. सबै सरकारी भवन र सुविधास्थलहरूको मर्मतसम्भार गर्ने; र
  2. 2. शाखाद्वारा राखिएका सबै सम्पत्तिहरूको नवीकरण, फिटिङ-आउट, परिवर्तन, थप तथा सुधार र आपतकालीन मर्मतसम्भार गर्ने।

सुविधास्थल विकास

हाम्रो उद्देश्य भवन र सम्बन्धित सुविधास्थलहरूको डिजाइन र निर्माणका लागि दक्ष, किफायती र समयमै आर्किटेक्चरल र सम्बन्धित पेशाकर्मी र परियोजना व्यवस्थापन सेवाहरू प्रदान गर्नु हो।
विभागको परियोजना व्यवस्थापन शाखा, आर्किटेक्चरल शाखा, भवन सेवा शाखा, संरचनात्मक इन्जिनियरिङ शाखा, परिमाण सर्वेक्षण शाखा र सम्पत्ति सेवा शाखा नयाँ सुविधास्थलहरूको विकास गर्नमा जिम्मेवार छन्। कार्यमा निम्न कुराहरू समावेश हुन्छन्:
  1. प्रयोगकर्ता विभागहरूलाई उनीहरूका आवश्यकताहरू विकास गर्न मद्दत गर्ने;
  2. प्रयोगकर्ताका आवश्यकताहरू र सरकारका आवश्यकताहरू पूरा गर्न सुविधास्थलहरूको डिजाइन गर्ने; र
  3. सुविधास्थलहरू मापदण्डअनुसार विकास भएको सुनिश्चित गर्न परामर्शदाता र ठेकेदार नियुक्त गर्ने र तिनीहरूको कामको निगरानी गर्ने।